
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभएको छ ।
महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।
यसका साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिने तथा पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनलगायतकाका एजेन्डा तय भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’