
ओखलढुङ्गा । ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ । मङ्गलबार यस वर्षको पहिलो हिमपात भएको हो ।
जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायतका उच्च भेगमा दिउँसोबाट हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताउनुभयो ।
हिमपातपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । यस क्षेत्रका किसानले बारीमा लगाएका बुङको आलु, गहुँ खेतीलाई सहयोग पुगेको मगरको भनाइ छ ।
हिमपातसँगै बढेको चिसोले बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती साथै सुत्केरीलाई समस्या भएको छ । हिमपात र चिसोका कारण जन्तरखानी ठाडेको ग्रेस एकेडेमी स्कूल दुई महिनाका लागि बिदा गरिएको मगरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा