+

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन शुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।  

नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानमा जैविक विषादी छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ । उहाँले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो ।  

नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको ‘कमान्ड’मा ४२ जना छन् । उपमहानगरपालिकाले निरन्तर रुपमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । सचेतना प्रवद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । डेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई उपमहानगरपालिकाले अभियानका रुपमा अगाडि बढाएको बताइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविकका साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो । यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ ।

ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट