
काठमाडौँ । विभिन्न बैंकले कर्जाको ब्याजदर घटाएसँगै शेयर बजार उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ५४ दशमलव ५४ अंक अर्थात् २ दशमलव ५७ प्रतिशतले बढेर २ हजार १ सय ७५ दशमलव १७ को विन्दुमा अडिएको छ । मंगलबार ३ सय चार कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर, १ लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका सबै सूचक तथा उपसूचक हरियो देखिएका छन् । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स २ दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५९ प्रतिशतले बढेको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक ४ दशमलव ७५ र लगानी समूहको उपसूचक ३ दशमलव ७० प्रतिशतले बढेका छन् ।
५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार १ सय ३४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’