+

टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौँ। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो ।

यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट