+

नेपाली राष्ट्रिय क्रिकेट टोली फर्कियो, कप्तान भन्छन-ठूलो मौका गुमायौँ

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिका सिरिज खेलेर नेपाली राष्ट‍्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। बिहीबार टोली फर्किएको हो। 

त्रिभुवन विमानस्थलमा कप्तान रोहितकुमार पौडेलले क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको प्रतिक्रिया दिएका छन्। यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने उनको भनाइ छ। 

‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेषगरी क्यानडामा राम्रो भएन। अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्‍यौं । टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्‍यौँ’, उनले भने। 

नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी सिरिजमा कुल ८ खेल खेलेको थियो। जसमध्ये स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो।

दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो। ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट