
पोखरा । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा पोखरा महानगरपालिकाले आज स्मृतिसभा आयोजना गरेको छ ।
दिवङ्गत भएकाहरुको स्मृतिमा पोखरा महानगरपालिकाले दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण गरेको छ । स्तम्भको आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्तरूपमा अनावरण गर्नुभयो ।
स्तम्भमा दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यसहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकको नाम लेखिएको छ । सो स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । स्मृतिसभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्यसहित जनप्रतिनिधिहरू र मृतकका आफन्तलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा