
दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ । तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागी भए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा