
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघे संक्रान्तिको अवसरमा सोमबार आयोजना गरिएको मेलामा भीड हुँदा चेपिएर ८ जना घाइते भएका छन् ।
मगर र थारु समुदायले माघे संक्रान्तिको अवसरमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडमा चेपिएका हुन् । मेलामा भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा उनीहरु चेपिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी कुमुद ढुंगेलले भीडमा चेपिएर ८ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता ढुंगेलका अनुसार घाइतेको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’