
काठमाडौँ । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुको नेपाल र स्टकल्यान्डबीचको खेल मंगलबार रद्द भएको छ । आँधीहुरीको सम्भावनाबीच खेल रद्द गरिएको हो ।
खेल नहुँदा प्रतियोगितामा कमजोर सावित भएको नेपाललाई एक अंक राहतमा प्राप्त भएको छ । वर्षाले खेल रोकिनु अगाडि नेपाल एक विकेट गुमाएर २६ रनको स्थितिमा थियो । टस जितेर स्कटल्यान्डले पहिले बलिङको निर्णय गरेको थियो ।
यसक्रममा ६ ओभरको खेल मात्रै सम्भव भएको थियो । त्यसमा नेपाली ओपनर अनिल साह १९ बलमा १० रन बनाएर ब्राड करीको बलमा एलबीडब्लू भए ।नटआउट रहेका दुई ब्याटरमध्ये अर्का ओपनर आसिफ सेखले ९ रन बनाए भने कुशल भुर्तेलले खाता पनि खोलेनन् । नेपाल १२ खेलबाट ८ अंक मात्र बटुलेर आठ टिममध्ये सातौं स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी