
काठमाडौँ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्डरिुद्धको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा भर्खरै भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्ग्टनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।
उक्त शृङ्खलामा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसै शृङ्खलामा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।
यता स्कटल्यान्ड भने तेस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि स्कटल्यान्डले अमेरिकालाई १० विकेट र ७१ रनको पराजित गरेको थियो । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण उनीहरूले स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका हुन् । उनीहरूका स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र रिजन ढकाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी