+

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगर ।  विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । 

मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई एक सय २३ रनले तथा बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।   

 मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन बनायो । सुदूरका लागि सुवराज खत्रीले ४४ रन, अभिषेक थापाले ३७ र नरेन भट्टले २४ रन बनाए । बलिङतर्फ कोशीका सौजन घिमिरेले चार तथा विपिन महतोले दुई विकेट लिए । 
 
एक सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनायो । कोशीका लागि सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाए । बलिङतर्फ सूदुरपश्चिमका लागि  सचिन भट्टले पाँच तथा नरेन भट्टले चार विकेट लिए । 

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाइ एक सय ३३ रनको योगफल बनायो । कर्णालीका लागि हीरालाल चनराले ४५, मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । बलिङतर्फ मधेशका राजेश यादवले चार तथा अफ्रुदिन रैनले तीन विकेट लिए । 
 
्एक सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । मधेशका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए । 

बलिङतर्फ कर्णालीका विपीन शर्माले चार तथा यूनिस ठकुरीले तीन विकेट लिए । कर्णाली दुई अङ्कका साथ अन्तिम स्थानमा तथा मधेश प्रदेश चार अङ्कका साथ पाँचौ स्थानमा छ । 

मङ्गलबार बैजनाथपुरको  गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट