+

बाँकेमा किसानको धान खरिद गरिँदै

बाँके ।  बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले  कात्तिक २० गतेबाट खरिद शुरु गरिने जानकारी दिनुभएको छ । उहाँका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । 

प्रतिक्विन्टल मध्यम धान ३ हजार पाँच सय ८० र मोटो धान ३ हजार चार सय १० रुपैयाँमा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ ।

यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको बाँके डुडुवाका किसान कन्धइलाल यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट