
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । ३ माघमा केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरुको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री ढकालले जानकारी गराए । बैठकमा विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।
रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको रास्वापाले जनाएको छ ।
पदयात्रा गरिने आयोजना र त्यसका लागि खटिने केन्द्रीय नेताको चयन भने केन्द्रीय समितिको बैठकले निर्णय लिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा