
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।
निगमले पछिल्लो १८ महिनमा किस्ताबापत रु चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा