
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनमा समेटियो ।
बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका हुन् । ओपनर आशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ एपीएफका रोहित पौडेलले ४ विकेट लिए भने अभिनाश बोहरा र श्याम ढकालले समान २,२ विकेट लिए । पुरन विक र भुवन कार्कीले समान १,१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रनको योगदान बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले १ सय ३ बलमा शतक पूरा गरे । उनले सन्दीपले १ सय १७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १ सय १२ रनको योगदान दिए ।
लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०÷१० रन बनाए ।
बलिङतर्फ बागमतीका सूर्य तामाङले ३ विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान १,१ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए । यस हारसँगै बागमती प्रदेशको यो दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा