
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीमा जारी ९ अरुण भ्याली फुटबल प्रतियोगितामा चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट आएको थियो । दोस्रो खेल पञ्चकन्या क्लबले बेलबारी क्लब मोरङलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि क्वाटरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । आज हुने सेमिफाइनलमा सेकाहा र चुलाचुली तथा सभापोखरी र पञ्चकन्या क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी