+

अमेरिकामा हुने आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग २ सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।

लिग २ मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

नेपाली टिम
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट