
कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकरमेला शुरु भएको छ । गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि शुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । “मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ । खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।
‘मेलामा बाह्रराशी, नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ’ अध्यक्ष जोशीले भन्नुभयो– ‘विभिन्न पुरायणको प्रारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिने छ ।’ मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकीमूलुक भारतबाटसमेत भक्तजन आउने उहाँको भनाई छ । माघे सङ्क्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।
‘माघे सक्रान्तिको दिन श्रद्धालु भक्तजनको बढी आवतजावत हुन्छ । आवतजावतमा समस्या नहोस् भनेर अत्तरिया बजारबाट गोदावरीधामसम्मका लागि ६ वटा बसको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो– ‘गत वर्ष पनि हामीले निःशुल्क बसको व्यवस्था गरेका थियौँ ।’ गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशी दर्शन मकरमेला लाग्ने गर्दछ । प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा