
पोखरा । पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । रु १ करोड १९ लाख ३२ हजार ८०० कोे लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो ।
गण्डकी प्रदेश सरकारको रु १ करोड ८ लाख ४८ हजार र रु १० लाख ८४ हजार ८ सय बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत १ हजार ७ सय मिटर परको जङ्गलबाट दुई इञ्चिको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताका घर घरमा पानी पु¥याइएको छ ।
दुई दशकभन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चिको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “तीव्ररुपमा फाँटमा बस्ती विकास भएको यस आयोजनाबाट थप २५ वटा मात्र नयाँ धारा जडान गर्न सकिने क्षमता थियो ।”
प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गर्दै प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा