
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २ सय ४२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ४१ रनको योगदान बनायो । एपिएफका लागि सन्दीप जोराले १ सय ३ बलमा शतक पूरा गरे । सन्दीपले १ सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १ सय १२ रनको योगदान दिए ।
त्यस्तै लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०÷१० रन बनाए । बागमती प्रदेश शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।
एपिएफको भने आज नै पहिलो खेल हो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिए । बागमती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’