
काठमाडौँ । आइसिसी यू-१९ विश्वकप क्रिकेटको तायारी स्वरुप औपचारिक अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ ।दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । स्कटल्यान्डलाइ सस्तैमा समेट्का लागि नेपालका गुलशन झा र तिलक भण्डारीले समान ३-३ विकेट लिएका थिए ।
जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेटको क्षतिमा ९९ रन बनाउँदा खेल बर्षले अवरुद्ध भयो । लगातार बर्षाका कारण खेल अवरुद्ध भएपछि डिएलएस मेथडमा नेपाल ७ विकेटले बिजयी भयो ।
ब्याटिङतर्फ नेपालका अर्जुन कुमालले ६० बलको सामना गर्दै ३३ रन जोडे भने आकास त्रिपाठीले ७३ बलमा २९ रनको योगदान दिए ।
नेपालले यसअघि भएको अनौपचारिक अभ्यास खेलमा पनि स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो ।
नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग आगमी मंगलबार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा