
काठमाडौँ । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ ।
आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् ।
त्यसैगरी जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ४२ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी