
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल चयन हुनुभएको छ । आज काठमाडौँमा सम्पन्न महासंघको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासंघको नयाँ सञ्चालक समिति चयन गरेको हो ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत हुनुभएको छ । यसअघिसम्म महासंघमा एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यसहित तीनजना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१औँ साधारणसभामार्फत विधान संशोधन गर्दै तीनजना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।
महासंघको सञ्चालकमा टेकप्रसाद चौलागाईँ, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन हुनुभएको छ ।
महासंघको तीन सदस्य लेखा सुपरीवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’