
गोरखा । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ ।
भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिनुभयो । “भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो”, प्रमुख पाठकले भन्नुभयो, “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।” भूकम्पपछि दरबार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरबार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् ।
“विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरबार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ”, प्रमुख पाठकले भन्नुभयो, “दरबारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ ।”
भूकम्पले क्षति पु¥याएको मूलदरबार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफालगायतका अधिकांश संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उहाँले जानकारी दिनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा