
दाङ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले सम्म मृत्यु हुने परिचय खुलेको छैन।
दुर्घटनामा २० भन्दा धेरै यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ जना सिकिस्त रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि राप्ती विज्ञान प्रतिष्ठानमा लगिएको छ। यतिबेला नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू उद्धारमा खटिएका छन् । अन्य यात्रु पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिनुभएको छ ।
दुर्घटना भएको बसमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा