+

ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ । 

स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको  नगरप्रमुख शम्भुलाल श्रेष्ठ जानकारी दिनुभएको छ ।‘वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पु-याउन पनि असहज हुन्छ त्यही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ’ उहाँले भन्नुभयो । सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् ।  

वयोवृद्ध ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तीन तीन महिनामा यस्तो उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट