+

परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा

बाँके । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले बिहीबार कार्यालयबाट सेवा प्रवाहको शुभारम्भ गर्नुभयो । नयाँ भवन  ५ करोड ४८ लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण भएको हो । बीस कोठाको यो भवनबाट तीन प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उलव्ध हुने उपकुलपति बरालले बताउनुभयो । 

त्यस अवसरमा कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवासमेत कोहलपुरबाट प्रवाह गर्न आग्रह गर्नुभयो । कार्यालयका प्रमुख सुमन गौतमले उत्तरपुस्तिका परीक्षणका  आवश्यक पूर्वाधार पनि भवनमा रहेका जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट