
ताप्लेजुङ । ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ ।
वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।
विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै माथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै