
नवलपरासी । सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् ।
अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका करिब २ सय घर डुबानमा परेका थिए । सुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझँदेखि नदीमा बाढी घटेसँगै प्रभावितहरू आफ्नो घर फर्किएको जानकारी दिनुभएको छ ।
यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकी समेत डुबानमा परेको थियो । सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताउनुभयो ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफनो घर फर्किएका जानकारी दिनुभयो । ‘स्थानीय बाढीपीडिहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ ।
‘घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन । अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु
- विपिन जोशीको रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनःआग्रह
- परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
- ललितपुरमा पानीट्यांकीमा बालिकाको शव भेटियो
- पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त
- रवि लामिछानेको कैफियत झिकाउन सर्वोच्चको आदेश
- नयाँ वर्षसँगै पर्यटकीय चहलपहल, व्यवसायी उत्साही
- रवि लामिछानेले थुनामुक्त माग गरेको रिटमा सुनुवाइ सकियो
- जग्गा बैना गर्न बोलाएर पेप्सीकोला प्लानिङबाट ६० लाख लुटपाट
- वीरगञ्जमा निषेधाज्ञा अवधि बढाइयो