
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालको १९ वर्षमुनिको क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा नामिबियाबिरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेका छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।
जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए ।
दुर्गेश गुप्ताले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो । नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।
नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले भोलि स्कटल्यान्ड र मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा