
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दशैँ तिहार र छठका अवसरमा सञ्चालन गरेको शुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।
जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि केही व्यवसायीले मिलेर सञ्चालन गरेका नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलका उक्त पसलमा उपभोक्ताले विशेष चासोका साथ खरिद तथा अवलोकन गर्न थालेका छन् ।
पर्व लक्षित गरेर केही जुत्ता उद्योगका उद्योगीले कम्तिमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरी शुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । शुपथ मूल्य पसल भएका कारण उपभोक्ताको आकर्षण अझै बढ्ने उहाँको भनाइ छ ।
उहाँले अहिले साल्ट ट्रेडिङसँग केही व्यवसायीले सहकार्य गरे पनि आगामी दिनमा धेरै व्यवसायीलाई सहभागीगराई देशैभर सरकारद्वारा सञ्चालित व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर शुपथ मूल्य पसल सञ्चालनमा ल्याइने बताउनुभयो ।
उहाँले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन पहल गर्ने बताउनुभयो । जुत्ता उत्पादक सङ्घले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले कालीमाटी र जडीबुटीस्थित शुपथ जुत्ता पसलबाट बिहीबारसम्ममा दिनहुँ १००÷१०० जोर हाराहारीमा जुत्ता तथा चप्पल बिक्री भएको बताउनुभयो ।
उहाँले छोटो समयमै उपभोक्ताको आकर्षण बढेको र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने हरेक उपभोक्ताले जुत्ता बिक्री कक्षको अवलोकन गरेरै जाने गरेको जानकारी दिनुभयो । बञ्जाडेले शुक्रबार र शनिबार वर्षाले प्रभावित बनाएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा