
भक्तपुर। जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
नेपाल भारोत्तोलन सघंको आयोजनामा मध्यपुरथिमिमा यही पुस २४ गतेबाट सुरु राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल प्रहरीका दुवै खेलाडीले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्दै कीर्तिमान कायम गरेका हुन् ।
प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गर्नुभयो भने जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण हात पार्नुभयो ।
सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाउँदै आफ्नै नाममा ९१ केजीको कीर्तिमानलाई सुधार गर्दै कीर्तिमान कायम गर्न सफल हुनुभयो ।
क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउदै विद्याले स्वर्ण हात पार्नुभयो । प्रतियोगिताको पहिलो दिन मङ्गलबार कृष्णकला विष्ट र दिलिप यादवले राष्ट्रिय कीर्तिमान बनाउनु भएको थियो । दुवै कीर्तिमानधारी पनि प्रहरीकै हुन् ।
प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो हुनुभयो । युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।
सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हात पार्नुभयो । स्वर्ण विजेतात्रय प्रहरीका हुनुहुन्छ । जुनियर पुरुषको १०२ केजीमा एपीएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर प्रथम हुनुभयो ।
प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत प्रदान गर्नुभयो ।
तीनदिने प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन सघंका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले बताउनुभयो । पुरुष÷र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा भएको बताउदै उहाँले प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित दुई सय ७० गरी कुल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’