+

८ वर्षमा पुल बनेपछि स्थानीय खुशी

दाङ ।  दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल ८ वर्षमा निर्माण भएपछि स्थानीय खुशी भएका छन् । 

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण थालिएको ८  वर्षमा पुल सम्पन्न भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो । भ्याटबाहेक  १० करोड ५० लाख २१ हजार ४ सय रुपैयाँमा पुल निर्माण भएको हो । 

व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो । त्यही विवादलाई देखाउँदै पटक–पटक  निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताउनुभयो । 

‘वर्षातमा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ’ परियारले भन्नुभयो ।

पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए ।  पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट