
पर्वत । दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ । पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको ३ दशमलव ५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम हालै सम्पन्न भएको हो ।
आयोजनाले सोमबारदेखि परीक्षणसमेत थालिसकेको छ । विसं २०७५ देखि निर्माण सुरु भएको आयोजनको काम पाँच वर्षमा सकिएको हो ।
आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं २ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युत् गृह विहादी गाउँपालिका–६ शालिग्रामको घाङ्ग्रेमा रहेको छ । छचन्नेदेखि तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको पावर हाउसमा पानी खसालिएको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको थियो । पाइपलाइनको काम के एण्ड के विल्डर्स विराटनगरले गरेको हो । आयोजनको सिभिलतर्फको निर्माण कार्य द ब्रदर्श विल्डर्स काठमाडौँले गरेको पर्वत पैंयुँखोला हाइड्रोपावर कम्पनीका सचिव डा शिवशङ्कर बस्यालले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणबाट विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्षभित्र उत्पादन गर्ने अवधि भए पनि कोरोना सङ्क्रमण र बाढीपहिराका कारण समायावधि दुई वर्ष थप गरिएको थियो । “झण्डै पाँच वर्षको अवधिमा निर्माण कार्य सम्पन्न ग¥यौँ”, बस्यालले भन्नुभयो ।
आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्राधिकरणसँग पिपिए सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । अबको दुई साताभित्र राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जडान गरिने तयारी भइरहेको बस्यालले बताउनुभयो ।
आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा विकास बैंकको संयुक्त लगानी रहेको छ । हालसम्म आयोजना निर्माणका लागि रु एक अर्ब १० करोड खर्च भइसकेको आयोजनाका सचिव बस्यालले जानकारी दिनुभयो । सोमवारदेखि परीक्षण उत्पादन थालेको आयोजनाले घाङग्रे–लुंखु प्रशारण लाइनको ३३÷११ केभीए प्रसारण लाइनमा परीक्षण थालेको हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिनुभयो ।
आयोजनाले परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं १, ३ र ५ तथा पैँयु गाउँपालिकाका वडा नं १ र ३ एवं विहादी गाउँपालिकाको वडा नं ६ मा रहेको प्रसारण लाइन, खम्बा आदि नछुन, टाढा हुन र सावधानी रहन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा