
काठमाडौँ । माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको टुँडिखेलमा माघी महोत्सव हुने भएको छ । थारु राष्ट्रिय माघी महोत्सवले बिहीबार पत्रकार सम्मेलन गरी माघ १ गते टुँडिखेलमा माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महोत्सवका संयोजक प्रेमिलाल चौधरीले ‘थारु संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नाराका साथ माघी महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । महोत्सवमा थारु समुदायको सांस्कृतिक झाँकीका साथै विविध सांस्कृतिक प्रस्तुती, थारु खाना प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी एवं बिक्री हुने उहाँले बताउनुभयो ।
चौधरीले खाना स्टलमा थारु जातिले माघी पर्वमा खाने विशेष परिकारहरु ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बण्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार रहने बताउनुभयो ।
बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, तेलपौर रोटी, झभ्झा रोटीलगायत विभिन्न परिकार राखिने आयोजकले जनाएको छ । महोत्सव प्रधानमन्त्री’ले उद्घाटन गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा