
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा जानुहुने भएको छ । प्रधानमन्त्री युगाण्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी त्यसतर्फ जान लाग्नुभएको हो ।
परराष्ट्रमन्त्री एनपी साउद त्यसअघि नै युगाण्डा पुग्नु हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउद माघ ३ र ४ गते मन्त्रीस्तरीय बैठकका लागि प्रधानमन्त्री भन्दा अगाडि नै युगाण्डा जान लाग्नु भएको हो ।
युगाण्डामा मन्त्रीस्तरीय बैठक र शिखर सम्मेलन शुरु हुनु अद्धि माघ १ र २ गते हुने उच्च पदाधिकारीहरूको बैठक समेत हुँदैछ । त्यो बैठकमा परराष्ट्रसचिव सेवा लम्साल सहभागी हुने कार्यक्रम छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री र अधिकारीहरूको युगाण्डा भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा