+

सेवा विस्तार गर्दै बिपी कोइराला क्यान्सर अस्पताल

चितवन ।  क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिनुभयो । हाल अस्पतालमा दुईवटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उहाँको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । 

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटीस्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवासमेत सुरु बताउनुभयो । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । ‘बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआई लगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्थार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ’ उहाँले भन्नुभयो ।  

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले त्यहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट