+

नवलपरासीका ९ स्थानमा डिप ट्युबेल जडान गरिँदै

नवलपरासी ।  नवलपरासीको  रामग्राम नगरपालिका–१३ मा  सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो । 

नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी २ करोड रुपैयामा ९ स्थानमा सिँचाइको व्यवस्था गर्न  डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ ।

रामग्राम नगरपालिका–१३ बाट काम शुरु भएको र आवश्यकताअनुसार अन्य स्थानमा पनि डिपट्युबेल जडानलाई तीव्रता दिइने नगरप्रमुख धनपत यादवले बताउनुभयो । किसानलाई सिँचाइको सुविधा दिनसके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने भएकाले नगरपालिकाले सिँचाइका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँले  बताउनुभयो । 

सिँचाइ सुविधा नहुँदा नगरका केही स्थानमा अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्रामका अधिकांश परिवार कृषिमा आश्रित छन् । रामग्राम–१३ पाडाटिकरमा १६ लाख रुपैयाँ लागतमा डिपट्युबेल निर्माण शुरु भएको छ ।डिपट्युबेलमार्फत १ सय ५० बिघाभन्दा बढी जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइको सुविधा नहुँदा समस्या भएको बताउँदै स्थानीय समाजसेवी अवधराज यादवले अब सिँचाइ कार्यक्रम विस्तार हुने खबरले आफू उत्साहित भएको बताउनुभयो । 

वडाध्यक्ष असनारायण चौधरीले वडा नम्बर १३ भित्रै अन्य स्थानमा पनि भूमिगत सिँचाइको व्यवस्था गर्नसके कृषि उत्पादनमा वृद्धि हुने  बताउनुभयो । 

नगरपालिकाका कृषि शाखा प्रमुख किरणकुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रम विस्तारमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट