
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत भएसँगै कर्मचारी पदपूर्ति प्रक्रिया सुनिश्चित भई अस्पतालले नयाँ फड्को मारेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको गठन आदेशसम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कर्मचारी स्थायी प्रक्रियाका लागि बाटो खुलेको छ ।
क्यान्सर अस्पताल गठन आदेश पहिलो संशोधन २०८१ स्वीकृत भएको जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भन्नुभयो,– ‘कर्मचारीको वृत्ति विकासमा लामो समयदेखि देखिएको समस्या सम्बोधन गर्ने उद्देश्यले पेस गरिएको प्रस्ताव स्वीकृत भएको छ, अब अस्पतालको सेवा सहज र व्यवस्थित ढङ्गबाट अघि बढी क्यान्सर पीडितले राहत पाउने सुनिश्चित भएको छ ।’
यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका ३ सय बढी कर्मचारी ऐन संशोधनको अभावमा आवश्यक नियमावली बन्न नसक्दा वृत्तिविकासबाट वञ्चित हुँदै आएको उल्लेख मन्त्री पौडेले स्वास्थ्य मन्त्रालयको संशोधन प्रस्ताव स्वीकृत भएसँगै कर्मचारीको वृत्तिविकासलगायतका समस्या समाधान भएको बताउनुभयो ।
सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । गठन आदेश स्वीकृत भएपछि यसअघि स्थायी भएर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, नयाँ बन्ने नियमावली एवं विनियमावली अनुसार करारसहित आवश्यक जनशक्ति लोक सेवा आयोगमार्फत स्थायी हुने बाटो समेत खुलेको छ ।
मन्त्रिपरिषद् बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासको प्रक्रिया अघि बढाउन बाटो खुलेको स्पष्ट गर्दै स्वास्थ्य मन्त्रालयले भक्तपु्र क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको समस्या समाधान भएपछि आवश्यक स्वास्थ्य जनशक्ति पठाउन सहज हुने वातावरण बनेको जनाएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद् उपाध्यक्षमा डा रायमाझी नियुक्त
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझीलाई चार वर्षका लागि नियुक्त गरेको छ । यसअघि कान्ति अस्पतालमा दुईपटक निर्देशकको भूमिका निर्वाह गरिसक्नुभएका डा रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुनुहुन्छ । उहाँ न्याम्सका संस्थागत समीक्षा बोर्ड )आइआरबी) का अध्यक्ष डा रायमाझी शैक्षिक परिषद्का सदस्यसमेत हुनुहुन्छ ।
अल इन्डिया इन्स्टिच्युट नयाँ दिल्लीबाट एमबिबिएस गरेका रायमाझीले बिपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गर्नुभएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा