
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको हो । यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कूल अफ बिजनेसले पाएको छ । त्यो क्याम्पसले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।
सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही दुई लाख ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । त्यो विद्यालयले तीन लाख रुपैयाँसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै २ लाख रुपैयाँ रुपैयाँसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले १ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।
निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले ३ लाख रुपैयाँसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले २ लाख रुपैयाँसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कूलले १ लाख रुपैयाँसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।
सयैगरी प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई १ लाख रुपैयाँसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो ।
दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा र सी आशा फाउन्डेशन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवै संस्थालाई जनही २ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक स्मारिका–२०८१ विमोचन गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा