+

सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी।  सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । 

सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट