
काठमाडौँ। यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुन सबै विषयमा ३५ अंक ल्याउनै पर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई यस वर्ष चैत पहिलो सातादेखि शुरु हुने जानकारी दिनुभएको छ । अध्यक्ष शर्माले शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बुधबार आयोजना गरेको कार्यक्रममा एसईईको तयारी बारे जानकारी दिनुभएको हो ।
‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साता हुन्छ’ उहाँले भन्नुभयो– माघको पहिलो साता रुटिन निकाल्छौँ ।’ संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने शर्माको भनाई छ । ‘शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ’ उहाँले भन्नुभयो– ‘परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ ।’
अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले एसईई प्रभावित नहुने उल्लेख गर्नुभयो। ‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुमा परीक्षा संचालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रअसँग भेट्यौं’ उहाँले भन्नुभयो– ‘पढाइ भइरहेको र सञ्चालनको लागि केन्द्र सञ्चालन गर्नलाई अल्टरनेट गर्न सकिन्छ ।’
परीक्षा नियन्त्रण कार्यालयले एसईई उत्तीर्ण हुन यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने बताउन्ुभयो । । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ’ उहाँले भन्नुभयो – नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो ।’
यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या ४ लाख ८९ हजार ४ सय ४४ जना रहेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’