
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । बुधबार चारै जनाको शपथग्रहण समेत भएको छ ।
प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
निर्विरोध निर्वाचित हुनुहुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा माया पन्त हुनुहुन्छ ।
निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य हुनुहुन्छ ।
उहाँहरूले मङ्गलबार सभापति पदमा मनोनयन गर्नु भएको थियो । नेकपा (माओवादी केन्द्र) ले भने प्रदेशसभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा