
भक्तपुर । मध्यपुरथिमीमा शुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका २ सय १ जना खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाल भारोत्तोलन संघले पुस २६ गते सम्पन्न गर्नेगरी शुरु गरेको प्रतियोगितामा २१ जिल्लामा खेलाडीले प्रतिस्पर्धा गरेको संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।
पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा शुरु भएको जनाउँदै उहाँले प्रतियोगितामा सहभागिता रहेका देशभरबाट आएका खेलाडीलाई खाना र बसोवासको व्यवस्था संघले नै गरेको बताउनुभयो । करिब ८६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता अन्तरराष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन सङ्घको नियमानुसार खेलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल २ सय ७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत तथा ९० कास्यसहित २ सय ७० गरी कूल ५ सय ४० पदकका लागि प्रतिस्पर्धा भएको छ ।
प्रतियोगितामा विभिन्न चार तौल समूहमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय दुई, एक सय नौ र एक सय नौ किलोमाथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय दुई र एक सय दुई किलोमाथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ किलोमाथि तथा युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा