
काठमाडौँ । नेपालका परियोजनामा भारतीय दूतावासले सिधै दिने २० करोडबारे संसदीय समितिले प्रधानमन्त्रीसँग आज जवाफ माग्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग दूतावासले दिने रकमबरे ाबारे जवाफ माग्न लागेको हो । त्यसको लागि समितिले प्रधानमन्त्रीलाई अहिले ११ बजे छलफलमा बोलाएको छ ।
भारतीय दूतावासले सिधै दिने २० करोडबारे आजको बैठकमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी भइरहेको कानुन न्याय तथा मानवअधिकार समितिका सचिव अधिराज राईले नेपालकैरनलाई जानकारी दिनुभएको छ । समितिको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई बोलाएर ती सम्झौताबारे जवाफ माग्ने निर्णय गरेको हो ।
भारतीय विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणमा नेपाल र भारतबीच विद्युत व्यापार लगायत ४ वटा दीर्घकालिन महत्वका सम्झौता भएका थिए । त्यहीबेला भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्याउने सम्झौतामा नेपाल र भारतबीच हस्ताक्षर भएको छ। भारतीय दूतावासले सिधै दिने २० करोडबारे सांसदहरूले चासो राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना