
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । नेप्से आज २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ ।
नेप्से १ प्रतिशतले बढेर २ हजार ८० दशमलव १२ अंकमा कायम भएको छ । ३ सय ९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता शेयर, १ लाख ४ हजार ६ सय १९ पटक खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह ५ दशमलव २१ र होटल तथा पर्यटन समूह ३ दशमलव ६४ प्रतिशतले बढेका छन् ।
८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विकास बैङ्कको शेयर कारोबार बढेको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव १९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क लिमिटेडको ८ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा