
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ । प्राधिकरणका अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाउनुभएको हो ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठे उहाँले अध्यक्षबाट राजीनामा दिनुभएको हो । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
खनाल २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्ष बन्नुभएको थियो । स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको शेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुली लगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै प्राधिकरण अध्यक्ष खनालको आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा