
मोरङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई नै समर्थन गर्ने भएको छ ।
एमालेको मंगलबार बसेको बैठकले सभामुख जित्न सक्ने अवस्था नरहेको ठहर गर्दै उम्मेदवारी नदिने निर्णय गरेको छ । एमालेले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर बिष्टलाई समर्थन गर्ने निर्णय गरेको हो । कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।
एमाले सांसद लिलाबल्लभ अधिकारीले सभामुखमा राप्रपाका बिष्टलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिनुभयो । एमालेको पनि समर्थन पाएपछि बिष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना देखिएको छ । बिष्ट राप्रपाका समानुपातिक सांसद हुनुहुन्छ ।
कोशीमा बिष्ट सभामुख बनेपछि राप्रपाको दुई प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेशसभामा पनि राप्रपाकै भुवनकुमार पाठक सभामुख हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा