
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान शुरु गरेको छ ।
पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो । ‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पुर्याउने उद्देश्यका साथ पदमार्ग अभियानको सुरुआत गरिएको सङ्घका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालकसहितको टोलीले सुकुटे, थामडाँडस्थित भ्यू टावरदेखि ठोकर्पा बाघभैरवसम्मको पैदलयात्रा सम्पन्न गरेको छ ।
सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष कुमार शाहीका अनुसार त्यो पदमार्गले ठोकर्पास्थित सामुदायिक वन छिचोल्नुपर्छ । अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँँदै थामडाँडासम्म ६ सय मिटर ढुङ्गा कुँदेर पदमार्ग निर्माण गरिएको छ । बन्न बाँकी रहेको तीन किलोमिटर पदमार्ग सामुदायिक जङ्गल हुँदै भ्यु टावरसम्म चाँडै पूरा गर्ने वडाध्यक्ष शाहीले जानकारी दिनुभयो ।
सुकुटेमा बास बसेर घुम्न आउने पर्यटकलाई ठोकर्पाको मिलडाँडा, बुद्वपार्क, भ्यु टावर हुँदै चमेरो गुफासम्म पुग्न सकिने सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घका उपाध्यक्ष अञ्जान खड्का बताउनुहुन्छ ।
ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, तित्रे महाङ्काल मन्दिर, बाघभैरव, भैँसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरी बस्ती आदि त्यस क्षेत्रका पर्यटकीयस्थल हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड